कृषि विकास बैङ्कको सीईओ बने उपाध्याय

बैङ्क सञ्चालक समितिले उपाध्यायलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो । निवर्तमान सीईओ लीलाप्रकाश सिटौलाको कार्यकाल गत मङ्सिर २७ गते सकिएपछि खुला प्रतिस्पर्धाबाट उपाध्याय नियुक्त भएका हुन् ।

काठमाडाैं : कृषि विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्याय भएका छन् ।

बैङ्क सञ्चालक समितिले उपाध्यायलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो । निवर्तमान सीईओ लीलाप्रकाश सिटौलाको कार्यकाल गत मङ्सिर २७ गते सकिएपछि खुला प्रतिस्पर्धाबाट उपाध्याय नियुक्त भएका हुन् ।

बैङ्कले मङ्सिर २३ गतेसम्म आवेदन दिन आह्वान गरेकोमा १७ जनाले आवेदन दिएका थिए । लामो समयदेखि बैङ्कको उच्च व्यवस्थापनमा काम गरेका उपाध्याय पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका भाइ हुन् ।

सरकारी स्वामित्वसमेत रहेको बैङ्कमा सामान्यतया सरकारले चाहेकै व्यक्ति सीईओ हुने गरेको छ । यसअघि काङ्ग्रेस सरकार हुँदा सिटौला सीईओ भएका थिए ।