सन नेपालको बिमालेख सिभिल बैङ्कले बेच्ने

अबसन नेपाल लाइफइन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले बताए ।

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिमालेख सिभिल बैङ्कले बेच्ने भएको छ । सन नेपालले ल्याएका विभिन्न प्रोडक्टहरु बेच्ने सम्बन्धी सम्झौत पत्रमा दुबै कम्पनीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा सिभिलको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सन नेपालको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्ताक्षर गरे ।

अब सन नेपाल लाइफइन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले बताए ।