आयोजनाको प्रस्तावना अनुसार यसअघि ९ तला भए पनि अहिले २२ तलाको धरहरा बन्छ । भीमसेन थापाका पालामा बनेको धरहरा ९ तला निकै अग्लो भए पनि अहिले बन्ने धरहरा त्यही आकारमा हुने छैन । स—साना तलासहित सबै तलामा जान सकिने गरी निर्माण हुनेछ ।
काठमाडौं । भूकम्पले भत्काएको धरहरा लामो रस्साकस्सीपछि अब अत्याधुनिक प्रविधि र पूर्वाधारका साथ बन्ने भएको छ । २२ तले धरहरा आज बिहीबार ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दै छन् । धरहरा बनाउने ठेक्का पाएको जेआईटीसी रमन जेभीले आगामी दुई बर्ष भित्र २२ तलाको अत्याधुनिक धरहरा निर्माण गर्ने जिम्मा पाएको छ ।
आयोजनाको प्रस्तावना अनुसार यसअघि ९ तला भए पनि अहिले २२ तलाको धरहरा बन्छ । भीमसेन थापाका पालामा बनेको धरहरा ९ तला निकै अग्लो भए पनि अहिले बन्ने धरहरा त्यही आकारमा हुने छैन । स—साना तलासहित सबै तलामा जान सकिने गरी निर्माण हुनेछ । १८ औं तलामा भने अत्याधुनिक प्रविधिका भूकम्पीय सामग्री, भिडियो क्लिप्स र तस्बिर सजाइने छ । यसअघिको तुलनामा धरहराको यो नयाँ विशेषता रहेको मानन्धरले बताए ।
४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा क्षेत्रभित्र रमणीय तथा मनोरम बगैँचा, म्युजिकल पार्क, भिजिट एरिया, रात्रि समयमा अत्याधुनिक लाइट बन्नेछ । अहिले देखिने धरहराको ठुटोलाई चारैतिरबाट सिसाले घेरेर अन्य संरचना बन्ने छन् ।