आईपीओको अनुमति माग्दै गुराँस लघुवित्त बोर्डमा

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित २५ करोड रुपैयाँ बराबरको २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

गुँरास लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित २५ करोड रुपैयाँ बराबरको २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा पुस १० गते आवेदन दिएको थियो । सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको कम्पनीले बोर्डको स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्ने छ ।