रसुवा कन्ट्रक्शन कम्पनीले ठेक्का लिएका सुनसरीको धरानबाट चतरा, गाइघाटहुँदै हेटौडा जोड्ने निर्माणाधीन वैकल्पिक सडकमा पर्ने ४३ ओटा पुलमध्ये सुनसरी खण्डका दुइओटा पूल निर्माण सम्पन्न गरेको हो ।
काठमाडाैं । निर्माण व्यवसायीहरुले ठेक्का संझौतामा तोकेको समयमा काम सम्पन्न नगरी अनावश्यक रुपमा योजना लम्बाउने गरेको आरोप लागि रहेको बेला सुनसरीका दुइओटा पुल भने निर्धारित समयभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भएका छन् ।
रसुवा कन्ट्रक्शन कम्पनीले ठेक्का लिएका सुनसरीको धरानबाट चतरा, गाइघाटहुँदै हेटौडा जोड्ने निर्माणाधीन वैकल्पिक सडकमा पर्ने ४३ ओटा पुलमध्ये सुनसरी खण्डका दुइओटा पूल निर्माण सम्पन्न गरेको हो ।
सुनसरी खण्डको सर्दु, पटनाली र ठकुरी खोलाका निर्माणाधिन ३ ओटा पुलमध्ये सर्दुखोलामा निर्माण भएको २ सय ५० मीटर र ठकुरी खोलाको २५ मीटर लम्वाइका पूलको मुख्य काम सकिएको र एक महिनापछि सन्चालनमा आउने रसुवा कन्ट्रक्सनका प्रतिनिधि आर्यन आचार्यले बताए । पटनाली खोलाको ४५ मिटर लम्वाइको पूलको भने डिजाइन परिवर्तन भएकाले केही ढिला भएपनि फागुन महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने उनले जानकारी दिए ।
सुनसरी खण्डमा निर्माण भइरेहका ३ ओटै पुल उक्त कम्पनीले ५५ करोड रुपैयाँमा ठेक्का लिएर २०७४ माघदेखी निर्माण गर्न थालेको हो ।
रसुवा कन्ट्रकसनले धरान—हेटौडा सडकखण्डमा निर्माण गरि रहेका ४३ पुलहरु कुल ३ अर्ब ७० करोडको लागतमा ठेक्का लिएको हो । निर्माणाधीन पुल मध्ये ३० ओटा पुल यसै महिनाभित्र निर्माण सम्पन्न भइसक्ने छन् भने बाँकी पुल २०७६ असार मसान्तसम्म निर्माण गरिसक्ने कम्पनीको लक्ष्य छ ।
४३ ओटा पुल निर्माणको लागि कम्पनीलाई सरकारले २०७६ साल पुस मसान्तसम्मको समय दिएको कम्पनीका प्रतिनिधि आचार्यले जानकारी दिए ।