शाखारहित बैङ्किङ सेवाको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा स्थानीयवासीहरुको रोहबरमा भएको हो । हर्बस्टार र गोछडामा खोलिएका शाखारहित बैङ्किङ सेवा बैङ्कको कावासोती शाखा र हुँगीमा खोलिएको शाखारहित बैङ्किङ सेवा बैङ्कको तानसेन शाखाको मातहतमा रहने छन् ।
काठमाडौं । ग्लोबल आइएमई बैङ्कले थप ३ ओटा शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेको छ । मङ्गलबारदेखि नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्लाको मध्यबिन्दु नगरपालिका – १५, हर्बस्टारमा ११३औँ, सोही जिल्लाकै कावासोती नगरपालिका – १७, गोछडामा ११४औँ तथा पाल्पा जिल्ला रम्भा गाउँपालिका – १, हुँगीमा ११५औँ शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेको हो ।
यी तीनै शाखारहित बैङ्किङ सेवाको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा स्थानीयवासीहरुको रोहबरमा भएको हो । हर्बस्टार र गोछडामा खोलिएका शाखारहित बैङ्किङ सेवा बैङ्कको कावासोती शाखा र हुँगीमा खोलिएको शाखारहित बैङ्किङ सेवा बैङ्कको तानसेन शाखाको मातहतमा रहने छन् ।
शाखारहित बैङ्किङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत् बैङ्किङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए र युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैङ्किङ सेवा उपभोग गर्न टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैङ्कले ती स्थानहरुमा शाखारहित बैङ्किङ सेवा सुरु गरेको हो ।
ग्लोबल आईएमई बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४१ एटीएम, ७ एक्सटेन्सन काउन्टर, १४ ओटा राजस्व सङ्कलन काउन्टर र ११५ शाखारहित बैङ्किङ सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत् आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै बैङ्कले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैङ्किङ सेवा, मोबाइल बैङ्किङ सेवा, इन्टरनेट बैङ्किङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी बैङ्कले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ ।