एनआईसी एशियाको च्याटबोट सञ्चालनमा

साथी नामक उक्त च्याटबोट पुस १० गतेबाट सञ्चालनमा आएको हो ।

एनआईसी एशिया बैङ्कले सामाजिक सञ्जालअन्तर्गत साथी नामक च्याटबोट सञ्चालनमा ल्याएको छ । साथी नामक उक्त च्याटबोट पुस १० गतेबाट सञ्चालनमा आएको हो ।

यस साथी मार्फत् बैङ्कका सेवाग्राहीको चाहना अनुरुपका जिज्ञासाहरुकोे आधिकारिक जवाफ प्राप्त गर्न सकिने छ । यस कार्यले डिजिटल बैङ्किङको विकासमा थप उचाइ प्राप्त गर्ने विश्वास बैङ्कले लिएको छ ।