नेरुडे लघुवित्तको १३ प्रतिशत बोनस र ७ प्रतिशत लाभांश

बैङ्कले आर्थिक वर्ष २०७३/०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ ।

नेरुडे लघुवित्त विकास बैङ्क लिमिटेडले आप्mना शेयर धनीहरुलाई आव २०७३÷७४ को वितरणयोग्य मुनाफाबाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ । बैङ्कले आर्थिक वर्ष २०७३/०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ ।

बैङ्कका अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३÷७४ मा बैङ्कले १ लाख ९ हजार ८ सय १३ घर परिवारमा लघुवित्त सेवा पु¥याई ७३ हजार ८११ ऋणी सदस्यलाई ३ अर्ब ९ करोड रुपैयाँ ऋण लगानी गरेको बताए । उनले १ अर्ब १३ करोड रुपैयाँ बचत सङ्कलन गरेको जानकारी दिए । बैङ्कका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले बैङ्कको चुक्ता पुँजी ३४ करोड ५७ लाख ८० हजार रुपैयाँ पुगेको बताए ।