केन्द्रीय बैंकले शुक्रबार निर्देशन जारी गरी १ प्रदेशमा एक विकास बैंक र वित्त कम्पनी हुने व्यवस्था गरेको छ । धेरै प्रदेशमा शाखा हुने विकास बैंक र वित्त कम्पनीले आगामी २०७७ असारसम्म कारोबार गर्ने प्रदेश निर्धारण गरेर शाखा स्थानान्तर गर्न केन्द्रीय बैंकले भनेको छ । नयाँ व्यवस्थाअनुसार एक प्रदेशमा सञ्चालन हुने विकास बैंकको चुत्तापुँजी १ अर्ब २० करोड र वित्त कम्पनीको ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रादेशिक रुपमा सञ्चालन हुने विकास बैंक र वित्त कम्पनीको चुत्तापुँजी तोकेको छ । राष्ट्रियस्तर बाहेक जिल्लामा केन्द्रीय कार्यालय रहेको विकास बैंक र वित्त कम्पनीले चुत्तापुँजी बढाउनु पर्ने भएको छ ।
केन्द्रीय बैंकले शुक्रबार निर्देशन जारी गरी १ प्रदेशमा एक विकास बैंक र वित्त कम्पनी हुने व्यवस्था गरेको छ । धेरै प्रदेशमा शाखा हुने विकास बैंक र वित्त कम्पनीले आगामी २०७७ असारसम्म कारोबार गर्ने प्रदेश निर्धारण गरेर शाखा स्थानान्तर गर्न केन्द्रीय बैंकले भनेको छ ।
नयाँ व्यवस्थाअनुसार एक प्रदेशमा सञ्चालन हुने विकास बैंकको चुत्तापुँजी १ अर्ब २० करोड र वित्त कम्पनीको ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । यसअघि केन्द्रीय बैंकले जिल्लाका आधारमा चुत्तापुँजी निर्धारण गरेकोमा यसलाई परिमार्जन गरेको हो । चुत्तापुँजी पुरा गरेपछि स्वीकृति लिएर एक प्रदेशभरी वित्तीय कारोबार गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्रियस्तरका विकास बैंकको २ अर्ब ५० करोड र वित्त कम्पनीको ८० करोड रुपैयाँ पुँजी रहेको छ । नयाँ निर्देशनअनुसार विकास बैंक तथा वित्त कम्पनीको एक प्रदेशस्तरमा सञ्चालन गर्नुपर्ने भएको छ ।
तोकिएको चुत्ता नपुगेका विकास बैंक र वित्त कम्पनीले कारोबार गरिरहेको जिल्लामा मात्र सीमिति हुनु राष्ट्र बैंकले निर्देशन दिएको छ । चुत्ता पुँजी पुर्याएका विकास बैंक र वित्त कम्पनीले शाखा बिक्री वा स्थानान्तर नगरी सम्बन्धित प्रदेशमा शाखा विस्तार गर्न नपाउने भएका छन् ।
५० करोड रुपैयाँ चुत्तापुँजी पुर्याएका विकास बैंक र ४० करोड रुपैयाँ चुत्तापुँदजी पुर्याएका वित्त कम्पनीले राष्ट्र बैंकको स्वीकृति लिएर सम्बन्धित प्रदेशको ५ जिल्लामा बैंकिङ कारोबार गर्न पाउने छन् । राष्ट्रियस्तरको बन्न वा पुँजी पुर्याउनका लागि पहिलो प्राथमिकता मर्जरलाई दिनुपर्ने भएको छ ।