दुई कम्पनीबीच भएको सम्झौतापछि एनआईसीले सानिमा लाइफको बिमा पोलिसी बेच्ने भएको हो ।
एनआईसी एशिया बैङ्कले सानिमा लाइफ इन्स्योरेन्सको बिमा पोलिसी बेच्ने भएको छ । दुई कम्पनीबीच भएको सम्झौतापछि एनआईसीले सानिमा लाइफको बिमा पोलिसी बेच्ने भएको हो । यस सम्झौताअनुसार अब यस बैङ्कका ग्राहकले २ सय ७० ओटै शाखाहरुबाट बिमा पोलिसी खरिद गर्न सक्ने छन् ।
सम्झौता पत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरे ।
हाल एनआईसी एसियाका देशभर २ सय ७० शाखा कार्यालय, २ सय ८८ एटीएम, ३७ ओटा एक्सटेन्सन काउन्टर एवम् २० ओटा शाखारहित बैङ्किङ एकाइमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।