यो योजनाबाट सेन्चुरी, ग्लोबल आईएमई, कुमारी, मेगा, महालक्ष्मी विकास, मुक्तिनाथ विकास, एनसीसी, नेपाल इन्भेस्टमेन्ट, राष्ट्रिय वाणिज्य, सानिमा र टुरिजम डेभलपमेन्ट बैकका भिसा कार्ड प्रयोगकर्ता लाभान्वित हुनेछन् ।
भिसा कार्ड सञ्जालसँग आबद्ध बैङ्कले संयुक्त रूपमा नगद फिर्ता योजना ल्याएका छन् । उनीहरूले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकले हरेक सामान÷सुविधा खरिद गर्दा भिसा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा नगद फिर्ता हुने योजना ल्याएका हुन् ।
नगदबिनै कारोबार गर्न सकिने, ग्राहकमा भिसा डेबिट÷क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिने एवम् कार्ड प्रयोग गरी भुक्तानी गर्दा ग्राहकको खातामा सीधै नगद फिर्ता हुने गरी विशेष योजना सार्वजनिक गरिएको सम्बद्ध बैङ्कहरूले जानकारी दिएका छन् । यो योजनामा सहभागी हुन न्यूनतम ५ सय रुपैयाँको कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ ।