सानिमा बैङ्कको ऋणपत्र किन्ने  सोमबार अन्तिम दिन

मुद्दती निक्षेपको ब्याजदर बढेर ऋणपत्र बिक्री नभएपछि पुस १६ गतेसम्म म्याद थप गरिएको थियो । बैङ्कहरुले ब्याजदर घटाएर १० प्रतिशतभन्दा तल राखेपछि ऋणपत्र बिक्री भएको हो । बैङ्कले वार्षिक १० प्रतिशत ब्याज दिने गरी २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको हो ।

काठमाडौं ।  सानिमा बैङ्कले ल्याएको डिवेञ्चर (ऋणपत्र) सोमाबारसम्म मात्र बिक्री खुला गरिएको छ । सोमबार बैङ्किङ समयपछि ऋणपत्र बिक्री बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।

मुद्दती निक्षेपको ब्याजदर बढेर ऋणपत्र बिक्री नभएपछि पुस १६ गतेसम्म म्याद थप गरिएको थियो ।  बैङ्कले वार्षिक १० प्रतिशत ब्याज दिने गरी २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको हो ।

पछिल्लो समयमा मुद्दती निक्षेपको ब्याजदर घटेपछि र ऋणपत्रले बढी ब्याज दिने अवस्था आएको छ । ऋणपत्र बिक्री नभएपछि बैङ्कले कात्तिक ३० देखि पुस १ गतेसम्म निष्कासन गरेकोमा बिक्री नभएपछि पुस १६ गतेसम्मलाई म्याद थप गरेको थियो ।

ऋणपत्र प्रतिकित्ता १ हजार दरका २० लाख कित्ता छन् । न्यूनतम २५ देखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन पाइने छ । ऋणपत्र २०८५ मा परिपक्व हुने छ । बैङ्कहरुले निक्षेप बढाउन पछिल्लो समयमा ऋणपत्र निष्कासन गरेर स्रोत जुटाउन थालेका छन् ।