काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सोमाबार विभिन्न चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । स्टककाअनुसार हिमालयन बैंक, मेगा बैंक, पूर्णिमा विकास बैंक र महुली सामुदायिक लघुवित्त संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको हो ।
हिमालयन बैंकको ५ प्रतिशत बोनस सेयर सहित प्रतिकित्ता ४८९ रुपैयाँमा समायोजन भएको छ । मूल्य समायोजनपछि बैंकको औसत आधार मूल्य ६७४ रुपैयाँ रहेको छ ।
मेगा बैंकको पनि १ प्रतिशत बोनस दिएपछि प्रतिकित्ता १८० रुपैयाँमा समायोजन भएको छ । सो बैंकको औसत आधारमूल्य २१७ रुपैयाँ छ ।
पूर्णिमा विकास बैंकले पनि ५ प्रतिशत बोनस सेयर दिने भएपछि प्रतिकित्ता १५९ रुपैयाँमा मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधार मूल्य २२६ रुपैयाँ रहेको छ । रासस