बैङ्कले १ सय १३ ओटा शाखा, १ सय २७ एटीएम, चारओटा एक्सटेन्सन काउन्टर, १४ ओटा राजस्व सङ्कलन काउन्टर र ५९ शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ ।
ग्लोबल आईएमई बैङ्क लिले बागलुङको बुर्तिवाङमा शाखा सञ्चालनमा ल्याएको छ । बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बागलुङबाट प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले आइतबार उक्त शाखाका उद्घाटन गरे । सोही शाखामा खोलिएको एटीएम सेवाको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले उद्घाटन गरेका छन् ।
उक्त अवसरमा बैङ्कका अध्यक्ष ढकालले सबैका लागि बैङ्क भन्ने मूल नारालाई चरितार्थ गर्दे देशका देशका १४ ओटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिए । बैङ्किङ सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि बैङ्कले शाखा सञ्चालन गर्ने तयारी गरेको उनको भनाइ छ ।
साथै शाखा विस्तार सम्भव नभएका स्थानमा शाखारहित बैङ्किङ सेवाको माध्यमबाट बैङ्किङ सेवा विस्तार गर्दै जाने उनको भनाइ छ ।
बैङ्कले १ सय १३ ओटा शाखा, १ सय २७ एटीएम, चारओटा एक्सटेन्सन काउन्टर, १४ ओटा राजस्व सङ्कलन काउन्टर र ५९ शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ ।