ग्लोबल आईएमईको शाखा गैंडाकोटमा

१२ वर्षअघि स्थापना भएको ग्लोबल आईएमई बैङ्कले हाल १३३ शाखा, १४१ एटीएम, ७ एक्सटेन्सन काउन्टर, १४ राजस्व सङ्कलन काउन्टर र ११५ शाखारहित बैङ्किङ सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आईएमई बैङ्कले सोमबारदेखि नवलपरासी बर्दघाट सुस्ता–पूर्व जिल्लाको गैंडाकोट आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले सञ्चालनमा ल्याएको शाखा कार्यालयको उद्घाटन प्रदेश सांसद कृष्णचन्द्र नेपालीले गरे ।

कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बैङ्कले गैंडाकोटको आर्थिक समृद्धिमा थप सहयोग गरेको बताए । यसैगरी ग्लोबल आईएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो क्षेत्रमा जम्मा भएको रकम सोही क्षेत्रमा प्रयोग गर्ने बताए । आफूहरु सधैँ आर्थिक समृद्धिको लागि अगाडि बढ्ने भन्दै साझेदारीको सिद्धान्तलाइ अङ्गीकार गर्न लागिपर्ने उनले बताए ।

साथै गैंडाकोट र वरपरका क्षेत्रलाई इन्भेस्टमेन्ट हबको रुपमा स्थापित गर्ने लक्ष्य रहेको पनि बताएका उनले ग्लोबल आईएमई बैङ्कलाई सुविधासम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराए ।