सीजीपेबाट मोबाइल तथा वेब एप्लिकेसनको माध्यमबाट आफ्नो बैङ्क खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिन्छ ।
सीजी ग्रुपअन्तर्गतको सीजी पे नेपाल प्रालिलाई नेपाल राष्ट्र बैङ्कले भुक्तानी सेवाप्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । सीजीपेबाट मोबाइल तथा वेब एप्लिकेसनको माध्यमबाट आफ्नो बैङ्क खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिन्छ ।
सीजी पे वालेट प्रयोग गरी विभिन्न मनी ट्रान्सफर गर्न सकिन्छ । साथै टेलिकमहरुको रिचार्ज, टीभी, इन्टरनेट बिल, स्कुल तथा कलेजको बिल, पानी, बत्तीको बिल, सिनेमाको टिकेट, बस टिकेट, प्लेन टिकेट (विदेशी तथा स्वदेशी) स्वदेशी मनी ट्रान्सफर गर्ने तथा गराउने, विभिन्न पसल तथा रेस्टुरेन्टको बिल पेमेन्ट तथा अन्य पेमेन्ट सीजीपेबाट गर्न सकिन्छ ।
सीजी पे मोबाइल एप तथा वेब दुवै माध्यमबाट चल्छ । यसबाट ग्राहक (युजर)लाई सजिलो तथा समयको बचत हुनेछ ।