कामना सेवा विकास बैङ्कको ६२ औं शाखा काठमाडौंको कलङ्कीमा

बैङ्कका अध्यक्ष सुदीप आचार्य, सञ्चालकद्वय देवकृष्ण काफ्ले र सञ्चालक विश्वेश्वर सुवेदी तथा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरे ।

काठमाडौं : कामना सेवा विकास बैङ्कले कलङ्कीमा शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले मङ्गलबारदेखि ६२औं शाखा सञ्चालनमा ल्याएको हो । बैङ्कका अध्यक्ष सुदीप आचार्य, सञ्चालकद्वय देवकृष्ण काफ्ले र सञ्चालक विश्वेश्वर सुवेदी तथा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरे ।

शुभारम्भ कार्यक्रममा कामु प्रमुख कार्यकारी अधिकृतले बैङ्कले विभिन्न सहर तथा ग्रामीण भेगलगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैङ्किङ सेवा उपलब्ध गराउने बताए ।