कम्पनीले मङ्गलबारदेखि ६२ औं शाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं : कामना सेवा विकास बैङ्कले कलङ्कीमा शाखा सञ्चालन गरेको छ । कम्पनीले मङ्गलबारदेखि ६२ औं शाखा सञ्चालनमा ल्याएको हो । बैङ्कका अध्यक्ष सुदीप आचार्य, सञ्चालकद्वय देवकृष्ण काफ्ले र विश्वेश्वर सुवेदी तथा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्तरुपमा उद्घाटन गरे ।
शुभारम्भ कार्यक्रममा कामु प्रमुख कार्यकारी अधिकृत बस्नेतले विभिन्न सहर तथा ग्रामीण भेगलगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत बैङ्कको शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैङ्किङ सेवा उपलब्ध गराउने बताए ।