देशभर फैलिएका बैङ्कका ६२ शाखाहरुबाट सहज रुपमा जनरल इन्स्योरेन्स कम्पनीको निर्जीवन बिमा पोलिसी खरिद गर्न सक्नेछन् ।
काठमाडौं : जनरल इन्स्योरेन्स कम्पनीको बिमा पोलिसी कामना सेवा विकास बैङ्कले बेच्ने सहमति भएको छ । यस विषयमा दुवै पक्षले सम्झौता गरेका छन् । सम्झौतापछि जनरल इन्स्योरेन्सको पोलिसी कामना सेवा बैङ्कका ग्राहकहरुले देशभरबाट किन्न सक्नेछन् ।
देशभर फैलिएका बैङ्कका ६२ शाखाहरुबाट सहज रुपमा जनरल इन्स्योरेन्स कम्पनीको निर्जीवन बिमा पोलिसी खरिद गर्न सक्नेछन् ।
सम्झौतापत्रमा कामना सेवाका कामु प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र जनरल इन्स्योरेन्सका महाप्रबन्धक एसके टमोटले हस्ताक्षर गरे ।