राष्ट्रिय वाणिज्य बैङ्कको ब्रान्ड एम्बासडरमा खतिवडा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्कले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल–२०१८ श्रृंखला खतिवडालाई नियुक्त गरेका छ । राष्ट्रिय वाणिज्य बैङ्क र दी हिडन ट्रेजरबीच भएको सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रस्तिस्पर्र्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने र व्यवसाय प्रवद्र्धन गर्ने बताएका छन् ।

सो कार्यक्रममा दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीेले सरकारी बैंकसँगको सम्झौताले सरकारी संस्थाप्रति नीजि क्षेत्रको गुनासो कम हुँदै जाने बताएका छन् ।