प्रभु बैङ्कबाट पनि सेयर राफसाफ गर्न सकिने, ‘प्रभु अनलाइन ट्रेडिङ बचत खाता’ सञ्चालनमा

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सेयर कारोबारपछि राफसाफका लागि अनलाइन प्रणालीमा समावेश गरेपछि राफसाफ गर्न मिल्ने भएको हो ।

काठमाडौं : पुस १७ गतेदेखि सञ्चालनमा आएको स्वचालित अनलाइन कारोबार प्रणालीको राफसाफ गर्न प्रभु बैङ्कबाट पनि मिल्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सेयर कारोबारपछि राफसाफका लागि अनलाइन प्रणालीमा समावेश गरेपछि राफसाफ गर्न मिल्ने भएको हो ।

अब प्रभु बैङ्कमा खाता हुने लगानीकर्ताले स्वचालित प्रणालीबाट अनलाइन सेयर कारोबार गरी सेयर खरिद बिक्रीपछिको रकम तीर्न सेयर दलाल कम्पनीमा जान नपर्ने भएको छ । कम्पनीले पुस १८ गतेदेखि ‘प्रभु अनलाइन टे«डिङ बचत खाता’ सञ्चालनमा ल्याएको हो ।

बैङ्कले सञ्चालनमा ल्याएको प्रभु अनलाइन टे«डिङ बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई प्रभु बैङ्कबाट निःशुल्क ई बैङ्किङ सेवा उपलब्ध हुनेछ ।