राष्ट्र बैंकले वाणिज्य बैंकलाई १ अर्ब १८ करोड ६८ लाख, विकास बैंकलाई २२ करोड २५ लाख र वित्त कम्पनीलाई ७ करोड ४२ लाख रुपैयाँ दिने भएको हो । त्रैमासिक ब्याज भुक्तानी गर्नुपर्ने मुद्धति योजना आगामी २०७६ पुस २९ गते परिपक्व हुनेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकलै बैंकिङ प्रणालीमा १ अर्ब ४८ करोड रुपैयाँ पठाउने भएको छ । केन्द्रीय बैंकले एक वर्षे मुद्धति निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थामा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी अभाव भएका बेला कोषमा रहेको रकम मुद्धति निक्षेपमा राख्न लागेको हो ।