कम्पनीले शुक्रबार (पुस २०) देखि फाल्गुनन्दमा नयाँ शाखा कार्यालय स्थापना गरेको हो ।
झापा : एनआईसी एसिया बैङ्कले दमक फाल्गुनन्द चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले शुक्रबार (पुस २०) देखि फाल्गुनन्दमा नयाँ शाखा कार्यालय स्थापना गरेको हो । बैङ्कले सञ्चालनमा ल्याएको नयाँ शाखा कार्यालयको उद्घाटन बैङ्कका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले गरे ।
कार्यक्रमको उद्घाटन गर्दै अर्यालले दुर्गम तथा ग्रामीण भेगमासमेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैङ्कले नेपाल सरकार तथा राष्ट्र बैङ्कको वित्तीय सबलीकरण अभिवृद्धि गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको बताए ।
एनआईसी एसियाका देशभर २ सय ७० शाखा कार्यालय, २ सय ८९ एटीएम, ३७ ओटा एक्सटेन्सन काउन्टर एवम् २२ ओटा शाखारहित बैङ्किङ एकाईमार्फत् बैङ्किङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैङ्क हुन सफल भएको छ ।
बैङ्कको वासलातको आकार २ सय १३ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ सय ६९ अर्ब तथा कर्जा १ सय ४६ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैङ्कमध्ये नेपालको सबैभन्दा ठूलो बैङ्कको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।