ग्लोबल आईएमईका ग्राहकलाई भ्याली हस्पिटलले छुट दिने

सम्झौताअनुसार भ्याली हस्पिटलमा उपचार गराउँदा ग्लोबल आईएमईका डेबिट कार्ड र क्रेडिट कार्डधारी तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीलाई विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

काठमाडौं : ग्लोबल आईएमई बैङ्कका ग्राहकलाई काठमाडांै भ्याली हस्पिटलले छुट दिने भएको छ । बैङ्क र हस्पिटलबीच भएको सम्झौतापछि बैङ्कका कर्मचारी तथा ग्राहकलाई हस्पिटलले छुट दिने भएको हो ।

बैङ्कले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता भएको जनाएको छ । सम्झौतापत्रमा भ्याली हस्पिटलका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार श्रेष्ठ र ग्लोबल आईएमईका कार्ड बिक्री, वितरण तथा प्रवद्र्घन विभाग प्रमुख रवीन्द्र ढकालले हस्ताक्षर गरे ।

सम्झौताअनुसार भ्याली हस्पिटलमा उपचार गराउँदा ग्लोबल आईएमईका डेबिट कार्ड र क्रेडिट कार्डधारी तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीलाई विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

हाल ग्लोबल आईएमई बैङ्कको देशभर १ सय ३३ शाखा, १ सय ४१ एटिएम, ७ एक्सटेन्सन काउन्टर, १४ राजस्व सङ्कलन काउन्टर, १ सय १५ शाखा रहित बैङ्किङ सेवाबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।