नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा पोखरेल

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलको नेतृत्वमा नेपाल रेमिटर्स एसोसिएसनको नयाँ कार्यसमिति गठन भएको छ ।

१३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । साधारण सभाले उपाध्यक्षमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका चन्द्र टण्डन, महासचिवमा नेपाल रेमिटका रितेश मित्तल, कोषाध्यक्षमा सुर्य रेमिटका संजय सिग्देल, सचिवमा आइपे रेमिटका इन्द्र शर्मा, सदस्यमा हिमालय बैंकका युमा श्रेष्ठ, युनाइटेड रेमिटका प्रविन अधिकारी, इजी लिंकका दीपेन्द्र खनाल निर्वाचित भएका छन् ।

कार्यसमितिको अध्यक्षमा चयन भएपछि अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गरे ।