सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविर आयोजनाका लागि सहयोग गरेको मेगा बैङ्कले जनाएको छ ।
काठमाडौं । मेगा बैङ्कले स्वास्थ्य शिविरका लागि सहयोग गरेको छ । नेपाल अर्बुदरोग विजेता समाजबाट शनिबार काठमाडौंमा आयोजित क्यान्सर तथा आँखा रोगसम्बन्धी शिविरमा मेगा बैङ्कले सहयोग गरेको हो ।
सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविर आयोजनाका लागि सहयोग गरेको मेगा बैङ्कले जनाएको छ ।
तीनकुनेस्थित मेट्रो आइकेयरमा आयोजना गरिएको शिविरमा छाती तथा पाठेघरको क्यान्सर भएका महिलाहरुको उल्लेख्य सहभागिता थियो ।