कालिकोटका अग्निपीडितलाई ग्लोबल आइएमईले बाँड्यो राहत

प्रत्येक घरपरिवारलाई ८७ थान ब्लाङकेट र बाकस तथा विद्यार्थीलाई १ सय ४० थान ज्याकेट, ट्रयाकसुट, जुत्ता र मोजा वितरण गरेको हो ।

काठमाडौं : ग्लोबल आइएमई बैङ्कले कालिकोेट जिल्लाको पलाँता गाउँपालिकाका अग्निपीडितलाई राहत वितरण गरेको छ । बैङ्कले पुस ८ गते भएको आगलागीका पीडित ८७ घरपरिवारलाई राहत सामग्री वितरण गरेको हो ।

प्रत्येक घरपरिवारलाई ८७ थान ब्लाङकेट र बाकस तथा विद्यार्थीलाई १ सय ४० थान ज्याकेट, ट्रयाकसुट, जुत्ता र मोजा वितरण गरेको हो ।

आगलागीबाट घरबारविहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले राहत वितरण गरेको बैङ्कले जनाएको छ ।