मिथिला लघुवित्तले माघ १ गते बुक क्लोज गर्ने

कम्पनीले हाल कायम ६ करोड ५९ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजीबाट २ः१ अनुपातमा १ सय रुपैयाँ अङ्कित हकप्रद सेयर निष्कासन गर्दै छ ।

काठमाडौं : मिथिला लघुवित्त वित्तीय संस्थाले माघ १ गते सेयर दाखिला खारेज कारोबार बन्द (बुक क्लोज) गर्ने भएको छ । कम्पनीले हाल कायम ६ करोड ५९ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजीबाट २ः१ अनुपातमा १ सय रुपैयाँ अङ्कित हकप्रद सेयर निष्कासन गर्दै छ ।

कम्पनीले निष्कासन गर्ने हकप्रद सेयर माघ १ गतेभन्दा अगाडि कायम रहने सेयरधनीले मात्र पाउने छन् ।