छिमेक लघुवित्तविरुद्ध बोर्डमा उजुरी परेपछि नेप्सेको निर्देशन– ‘२४ घन्टाभित्र जानकारी गराऊ’

छिमेक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले लगानीकर्तालाई २२ प्रतिशत नगद र १८ प्रतिशत बोनस गरी ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको थियो ।

काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थाविरुद्ध नेपाल धितोपत्र बोर्डमा उजुरी परेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तथ्यगत आधार माग गरेको छ । कम्पनीले लगानीकर्तालाई ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेर लाभांश दर घटाएकाले बोर्डमा उजुरी परेको हो ।

छिमेक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले लगानीकर्तालाई २२ प्रतिशत नगद र १८ प्रतिशत बोनस गरी ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको थियो । तर, नेपाल राष्ट्र बैङ्कले उक्त प्रस्ताव अस्वीकृत गरेपछि कम्पनीले लाभांश दर घटाउने निर्णय गरेको बताइएको छ । राष्ट्र बैङ्कले लघुवित्तले प्रस्ताव गरेको लाभांश दिन नसक्ने बताउँदै लाभांश प्रस्ताव अस्वीकृत गरेको थियो ।

बोनस र नगद लाभांश प्रस्ताव गर्दा कम्पनीले प्रस्ताव गरिएको रकम सञ्चित कोषमा कायम रहने गरी आर्थिक वर्ष ०७४÷७५ को वित्तीय विवरण वार्षिक साधारणसभा प्रयोजनका लागि प्रकाशन गर्ने स्वीकृति नदिएको भन्दै नेप्सेले निर्देशन दिएको हो । नेप्सेको निर्देशनमा राष्ट्र बैङ्कले कम्पनीको प्रस्ताव स्वीकृत नगर्नुको कारण बताउन भनिएको छ । कम्पनीविरुद्ध सोमबार केही लगानीकर्ताको समूहले बोर्डमा उजुरी दर्ता गरेका थिए ।