एसबीआई बैङ्कको प्रगति उत्साहजनक, सञ्चालन नाफा २४ प्रतिशतले वृद्धि

गत आवमा २ सय ९९ करोड ७२ लाख रुपैयाँ रहेको ब्याजदर आम्दानी यस वर्ष ४ सय १० करोड ५० लाख रुपैयाँ पुगेको हो ।

काठमाडौं : नेपाल एसबीआई बैङ्कले आर्थिक वर्ष २०७४/७५ मा उत्साहजनक प्रगति गरेको छ । कम्पनीले गत आवमा खुद ब्याज आम्दानी ३८.३० प्रतिशतले बढाएको छ । गत आवमा २ सय ९९ करोड ७२ लाख रुपैयाँ रहेको ब्याजदर आम्दानी यस वर्ष ४ सय १० करोड ५० लाख रुपैयाँ पुगेको हो ।

यस्तै सञ्चालन नाफा २४.४१ प्रतिशतले वृद्धि भई २ सय ७६ करोड पुग्दा २९.३२ प्रतिशतले बढेर नाफा २ सय २ करोड पुगेको छ । कोषको लागत २ प्रतिशले बढेर ५.५४ प्रतिशत तथा खर्च आम्दानी ३५.६९ प्रतिशत रहेको बैङ्कको अन्य आम्दानी १२.०७ प्रतिशतले बढेर १ सय २२ करोड ८१ लाख पुगेको छ ।

निष्क्रिय कर्जा ०.२० प्रतिशत रहेको बैङ्कको कर्जा निक्षेप अनुपात ७४.३८ प्रतिशत छ । त्यसैगरी बैङ्कले गत आवमा २ सय ४० करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ । यस अवधिमा ८४ अर्ब निक्षेप सङ्कलन गरेको बैङ्कले ७५ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।