आयोजना करीब १अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको छ । नेपाल विद्युत प्राधिकरणसंग भएको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) अनुसार आगामी असार मसान्तसम्म सकिने सम्झौता भए पनि निर्माण कार्यको गति हेर्दा चालू आर्थिक वर्षको फागुन अन्तिममा सक्ने लक्ष्य राखिएको छ ।
भोजपुर । जिल्खुवा खोलामा निर्माण भइरहेको ५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजना निर्धारित समयभन्दा अगाडि सक्ने तयारी प्रवद्र्धक इष्र्टन हाइड्रोपावर कम्पनीको छ ।
आयोजना करीब १अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको छ । नेपाल विद्युत प्राधिकरणसंग भएको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) अनुसार आगामी असार मसान्तसम्म सकिने सम्झौता भए पनि निर्माण कार्यको गति हेर्दा चालू आर्थिक वर्षको फागुन अन्तिममा सक्ने लक्ष्य राखिएको छ । लामो समय विवादका कारण बन्द रहेको हाइड्रोपावरको डेढ वर्षमै ९८ प्रतिशत काम सम्पन्न भएकोे हो ।
आयोजनाको मुहानमा बाँध निर्माणको काम भइरहेको छ । विद्युतगृहदेखि मुहानसम्मको चार किलोमिटर एड्रेस पाइप बिछ्याउने, टरबाईन राख्ने, फोर वे निर्माण, मुहानको बाँध बाँध्ने काम अन्तिम चरणमा रहेको हाइड्रोपावरका इञ्जिनीयर रोशन साहले बताए । उनले भने, “निर्माणको काम ९८ प्रतिशत सम्पन्न भएको छ, हामीले यसलाई निर्धारित समयभन्दा अगाडि सम्पन्न गरेर विद्युत् वितरण शुरु गर्ने लक्ष्य लिएका छौँ ।”
विसं २०६२ मा तत्कालीन समयका लागि नेपाल विद्युत् प्राधिकरणसँग ४५ करोडको लगानीमा २.५ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने गरी सम्झौता सर्भे गरिएको थियो । आयोजनाको २०६७ बाट निर्माण शुरु गरिए पनि सडक, विद्युत् प्रसारण, इन्धन, नाकाबन्दी, भूकम्पलगायत विविध राजनीतिक गतिरोधका कारण कामले गतिलिन सकेको थिएन ।
आयोजनाको विद्युत् क्षमता २०७२ को अन्त्यतिर बढाएर ५ मेगावाट पुरेइयाइएपछि निर्माणको कामले तीव्रता पाएको जनसम्पर्क अधिकृत दीपेन राईले जानकारी दिए । केन्द्रीय प्रसारण लाइनमा जोड्न तार तान्ने काम अन्तिम चरणमा रहेको उनले जानकारी दिए।
आयोजनाको कूल इस्टिमेटको १० प्रतिशत आयोजनाबाट प्रभावित स्थानीयका लागि माघमा सेयर खुला गरिने बताइएको छ । प्रभावित क्षेत्रका स्थानीयले हाइड्रोपावरको कूल १ अर्ब २० करोड रुपैयाँको प्राविधिक इस्टिमेटमध्ये ६ करोड २० लाख रुपैयाँ बराबरको सेयर पाउने छन् । रासस