पाँचथर पावर कम्पनी आगामी वर्षदेखि नाफामा जाने, ३ वर्षमा साढे २७ करोड पुग्ने प्रक्षेपण

कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा यो वर्षदेखि नाफा गर्ने जानकारी दिएको हो । ०७७/०७८ मा कम्पनीको नाफा बढेर २७ करोड ४७ लाख रुपैयाँ पुग्ने सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ । चालू आर्थिक वर्षसम्म कम्पनीले ७ करोड १४ लाख रुपैयाँ नोक्सानमा हुने छ ।

काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित पाँचथर पावर कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षदेखि नाफा गर्ने भएको छ । कम्पनीले आगामी आर्थिक वर्षमा ८ करोड ८१ लाख रुपैयाँ खुदनाफा गर्ने भएको छ ।

कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा यो वर्षदेखि नाफा गर्ने जानकारी दिएको हो । ०७७/०७८ मा कम्पनीको नाफा बढेर २७ करोड ४७ लाख रुपैयाँ पुग्ने सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ । चालू आर्थिक वर्षसम्म कम्पनीले ७ करोड १४ लाख रुपैयाँ नोक्सानमा हुने छ ।

नाफा बढेपछि प्रतिसेयर आम्दानी (ईपीएस) पनि वृद्धि हुने छ । चालू आर्थिक वर्षमा ३ रुपैयाँ २९ पैसा हुने इपीएस आगामी वर्ष नाफामा जान थालेपछि बढेर १६ रुपैयाँ ५८ पैसा र आर्थिक वर्ष ०७७/०७८ मा १९ रुपैयाँ ३८ पैसा पुग्ने छ । आउँदो ३ वर्षमा कम्पनीको प्रतिसेयर नेटवर्थ पनि बढेर १२८ रुपैयाँ ५४ पैसा पुग्ने कम्पनीले जानकारी दिएको छ ।

चालू आर्थिक वर्षमा बिजुली बिक्रीबाट पाँचथर पावरले ३५ करोड ८६ लाख रुपैयाँ आम्दानी गर्ने छ । यस्तै आगामी वर्ष ४७ करोड ३६ लाख र अर्को वर्ष ४८ करोड ६९ लाख रुपैयाँ नाफा गर्ने कम्पनीले जानकारी दिएको छ ।

चालू आर्थिक वर्षका कम्पनीको ऋण दायित्व १ अर्ब ५८ करोड, आगामी वर्ष घटेर १ अर्ब ४६ करोड र ०७७/०७८ मा १ अर्ब ३१ करोड रुपैयाँमा झर्ने देखिएको छ । आईपीओ निष्कासनबाट सङ्कलन हुने रकममध्ये १३ करोड ७५ लाख रुपैयाँ दीर्घकालीन कर्जा तिर्न, ५ करोड रुपैयाँ अल्पकालिन कर्जा र ५० लाख रुपैयाँ सेयर निष्कासन भुक्तानीका लागि खर्च हुने कम्पनीले जनाएको छ ।

कम्पनीले १४.९ मेगावाट क्षमतको हेवाखोला ए आयोजना सञ्चालन गरिरहेको छ । आयोजना बनाउन २ अर्ब ६१ करोड ४७ लाख रुपैयाँ लागेको छ । आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ६४ लाख रुपैयाँ रहेको छ । लगानी फिर्ता ८.९ वर्ष रहेको छ । यस्तै औसत इक्विटीमा प्रतिफल १०.३३ र आन्तरिक प्रतिफल १३.९५ प्रतिशत हुने अनुमान कम्पनीको छ । रेटिङस नेपाल लिमिटेडले आईपीओ ग्रेड ४ दिएको छ ।

कम्पनीको चुत्तापुँजी ७७ करोड रुपैयाँ छ । आईपीओ निष्कासनपछि पुँजी बढेर ९६ करोड रुपैयाँ पुग्ने छ । स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गरेपछि सर्वसाधारणलाई ९ करोड ६२ लाख रुपैयाँको निष्कासन गर्ने कम्पनीले जनाएको छ ।