काठमाडौं । नेपाल बैङ्कको सञ्चालक समितिको अध्यक्षमा वासुदेव अधिकारी नियुक्त भएका छन् । उनी नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक हुन् ।
बैङ्कका सञ्चालक समितिका अध्यक्ष जनार्दनशर्मा आचार्य तथा सदस्य डा डम्वरबहादुर भण्डारीको ४ वर्षे कार्यकाल सकिएपछि अध्यक्षमा अधिकारी आएका हुन् । वासुदेव अधिकारी अर्थ मन्त्रालयबाट नियुक्त भएका हुन् ।