एनआईसी एसिया बैङ्क वर्ल्ड रेमिटबीच रेमिटेन्स सम्झौता

बैङ्कले बेलायतको वर्ल्ड रेमिटसँग सम्झौता गरी नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।

एनआईसी एसिया बैङ्कले वर्ल्ड रेमिट कम्पनीसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैङ्कले बेलायतको वर्ल्ड रेमिटसँग सम्झौता गरी नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।

सम्झौता अनुसार वर्ल्ड रेमिटमार्फत कतार, साउदी, दुवै, कुवेत, जापान, क्यानडा, अष्ट्रेलिया, न्यूजिल्याण्ड, बेलायत, अमेरिका तथा युरोप लगायतका मुलुकबाट पैसा पठाउन सहज हुने बैङ्कले जनाएको छ ।

यससँगै बैङ्कका मुलुकभर फैलिएको २ सय ७० वटा शाखा कार्यालयहरु तथा ६ हजार ७ सयभन्दा बढी सहायक प्रतिनिधिमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।