बैङ्कको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रममा बैङ्कका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता थियो ।
काठमाडौं : ग्लोबल आइएमई बैङ्कले आफ्नो १२ औं वार्षिकोत्सवका अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने मूल नाराका साथ पुस २६ गते कार्यक्रमको आयोजना गरेको हो ।
बैङ्कको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रममा बैङ्कका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता थियो । मुलुकमा देखिएको रगत अभावलाई ध्यानमा राखेर रक्तदान कार्यक्रमको आयोजना गरेको बैङ्कले जनाएको छ ।
बैङ्कले देशभर १ सय ३३ शाखा, १ सय ४२ एटीएम, ७ एक्सटेन्सन काउन्टर, १५ ओटा राजस्व सङ्कलन काउन्टर र १ सय १६ शाखारहित बैङ्किङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।