काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अब कुमारी बैङ्कको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । कुमारी बैङ्कका सेवाग्राहीलाई आइएमई पेमा बैङ्क खाता लिङ्क गर्ने लगायत बैङ्क खाताबाट वालेट र वालेटबाट बैङ्क खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ ।
साथसाथै कुमारी बैङ्कका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रचार्ज, मनी ट्रान्सफर र क्यु आरमार्फत भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।