एनआईसी एसिया बैङ्कद्वारा ५ लाखको बिमा दाबी भुक्तानी

बैङ्कले ‘प्रिमियम समुन्नति बचत खाता’ खोलेका ग्राहक राजकृष्ण श्रेष्ठको दुर्घटनामा परी मृत्यु भएकाले बिमा दाबी भुक्तानी गरेको हो ।

काठमाडाैं : एनआईसी एसिया बैङ्कले ५ लाख रुपैयाँ बराबरको बिमा दाबी भुक्तानी गरेको छ । बैङ्कले ‘प्रिमियम समुन्नति बचत खाता’ खोलेका ग्राहक राजकृष्ण श्रेष्ठको दुर्घटनामा परी मृत्यु भएकाले बिमा दाबी भुक्तानी गरेको हो ।

उक्त योजनामा खाता खोल्दा दुर्घटना बिमा हुने भएकाले सो बिमाको क्षतिपूर्तिबापत श्रेष्ठका हकवाला छोरा रजतकृष्ण श्रेष्ठलाई एक कार्यक्रमबीच रकम दिइएको कम्पनीले जनाएको छ ।

एनआईसी एसियाले देशभरका २ सय ७० शाखा कार्यालय, २ सय ८९ एटीएम, ३७ ओटा एक्सटेन्सन काउन्टर एवम् २२ ओटा शाखारहित बैङ्किङ एकाईमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।