प्रभु बैङ्कले सञ्चालनमा ल्यायो पीबीएल मास्टरकार्ड

काठमाडाैं । प्रभु बैङ्कले आफ्ना ग्राहकहरुका लागि पीबीएल मास्टर्डकार्ड सञ्चालनमा ल्याएको छ । बैङ्कले पुस २६ गतेदेखि औपचारिक रुपमा पीबीएल कार्ड सञ्चालनमा ल्याएको हो ।

डिजीटल पेमेन्ट क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टर्डकार्ड र नेपालस्थित प्रभु बैङ्कको साझेदारीमा इएमभी चिफ बेस्ड पीबीएल मास्टर्डकार्ड सञ्चालनमा ल्याईएको हो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले स्वागत मन्तव्य राख्दै प्रभुले मास्टर्डकार्डसँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालनमा ल्याएको बताए । उनले यस कार्डबाट प्रभु बैङ्कका ग्राहकले सुरक्षित र सरल तरिकाबाट बैङ्किङ कारोबार गर्न सक्ने बताए ।