आइएमईको ‘दशैंमा बीस लाख’ योजनाको तेस्रो विजेता घोषणा

काठमाडौं । आइएमईले दशैं, तीहार र छठलाई लक्षित गर्दै ल्याएको कार्यक्रम ‘दशैंमा बीस लाख’ योजनाको तेस्रो तथा अन्तिम विजेता घोषणा गरेको छ । रियामार्फत कतारबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही शिवु झागर विजेता घोषणा भएका हुन् ।

सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’बाट तेस्रोे महिनाको विजेता घोषित भएको बैङ्कले जनाएको छ । विजेताले १ लाख रुपैयाँ नगद प्राप्त गरेका छन् ।

आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका सहायक प्रबन्धक श्यामकृष्ण खकुरेलले विजेताको आफन्त कृष्णगोपाल कुस्मालाई पुरस्कार प्रदान गरेका हुन् ।