गत असारमा १० खर्ब ७९ अर्व ५२ करोड रुपैयाँबराबरको विदेशी मुद्रा सञ्चिति रहेकोमा मङ्सिरमा आइपुग्दा ०.६ प्रतिशतले बढेर १० खर्व ८५ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको छ । जब कि कात्तिकमा विदेशी मुद्रा सञ्चिति ११ खर्ब ५ अर्ब ५२ करोड रुपैयाँबराबरको थियो ।
मुलुक फेरि एक पटक घाटामा गएको छ । अर्थात् मुलुकलाई शोधनान्तर घाटा भएको छ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७४÷७५ को ५ महिना (मङ्सिर)सम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै मुलुक ९ अर्ब २७ करोड रुपैयाँले शोधनान्तर घाटामा गएको बताएको छ । बाहिरबाट मुलुकभित्र आउने रकम र मुलुकबाट बाहिर जाने रकमको अन्तरलाई शोधनान्तर स्थितिले चित्रण गर्दछ ।
खासगरी आयातमा उच्च वृद्धि र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण (रेमिट्यान्स)मा कमी आउँदा चालू खाता घाटा ४१ अर्ब ९५ करोड भएको त्यसको असर समग्र शोधनान्तरमा परेको हो । शोधनान्तर घाटा हुँदा त्यसको सीधा असर विदेशी मुद्रा सञ्चितिमा पर्छ । गत असारमा १० खर्व ७९ अर्व ५२ करोड रुपैयाँबराबरको विदेशी मुद्रा सञ्चिति रहेकोमा मङ्सिरमा आइपुग्दा ०.६ प्रतिशतले बढेर १० खर्व ८५ अर्व ७४ करोड रुपैयाँमा सिमित भएको छ । जब कि कात्तिकमा विदेशी मुद्रा सञ्चिति ११ खर्ब ५ अर्ब ५२ करोड रुपैयाँबराबरको थियो ।
विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा हाम्रो जस्तो आयातमा निर्भर मुलुकमा वस्तु तथा सेवा आयात गर्नसमेत समस्या पर्ने हुन्छ । यसले समग्र अर्थतन्त्रमा नै ठूलो घाटा पु¥याउँछ । तर, केन्द्रीय बैङ्कले देशको वैदेशिक मुद्रा सञ्चिति सुविधाजनक अवस्थामा रहेकाले बाह्य क्षेत्र स्थायित्व सबल अवस्थामै रहेको उल्लेख गरेको छ । हाल कायम विदेशी मुद्रा सञ्चितिले पाँच महिनाको आयातलाई आधार मान्दा १२.८ महिनाको वस्तु आयात र ११ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कको भनाइ छ ।
पछिल्लो ५ महिनामा विप्रेषण आप्रवाहको दर पनि घटेको छ । विप्रेषण आप्रवाह ०.८ प्रतिशतले ह्रास आई २ खर्ब ८५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष मङ्सिरसम्म २ खर्ब ८७ अर्ब ६६ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको थियो । त्यसैगरी चालू वर्षका ५ महिनामा वस्तु निर्यात गत वर्षको यही अवधिभन्दा १० प्रतिशतले बढेर ३३ अर्ब ७० करोड रुपैयाँको भएको छ भने वस्तु आयात १२.८ प्रतिशतले बढेर ४ खर्व ३१ अर्ब ४९ करोड रुपैयाँबराबरको भएको छ । त्यसैगरी कुल सेवा आयमा ३.९ प्रतिशत र कुल सेवा खर्च १७.१ प्रतिशतले बढेका कारण खुद सेवा आय ३ अर्ब ९० करोडले घाटामा जाँदा त्यसको असर पनि समग्र शोधनान्तरमा पर्न गएको छ । गत वर्षको ५ महिनामा सेया आय ३ अर्व ५९ करोडले बचतमा थियो । यस अवधिमा सेवा खाताअन्तर्गत पर्यटन आय २९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । गतवर्षको यसैअवधिमा पर्यटन आय २२ अर्व ६५ करोड रुपैयाँ प्राप्त भएको थियो ।
राष्ट्र बैङ्कका अनुसार मङ्सिरमा उपभोक्ता मूल्य वृद्धि ४.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ३.८ प्रतिशत थियो । खासगरी खाद्य तथा पेयपदार्थ, पेट्रोलियम पदार्थ र निर्माण समाग्रीको मूल्यवृद्धिले समग्र मूल्यवृद्धिमा चाप परेको भन्दै केन्द्रीय बैङ्कले आगामी दिनमा अझ मूल्यवृद्धिमा दबाब पर्ने जनाएको छ । केन्द्रीय बैङ्कले मङ्सिरमा मूल्यवृद्धिमा केही चाप परे पनि चालू वर्षको मूल्य वृद्धि सीमा (७.५ प्रतिशत) भित्र रहने उल्लेख गरेको छ ।