युनियन लाइफले ल्यायो १८ प्रकारका घातक रोगविरुद्ध बिमा योजना

काठमाडौं । युनियन लाईफ इन्योरेन्सलेले १८ प्रकारका घातक रोगविरुद्ध बिमा योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकका लागि १८ प्रकारका घातक रोगका विरुद्ध आर्थिक सुरक्षा दिने उद्देश्यले उक्त योजना ल्याएको हो ।

कम्पनीले ल्याएको बिमा योजनामा बालबच्चा जीवन बिमा बाहेक अन्य जीवन बिमा योजनामा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ । कम्पनीले ल्याएको योजना १६ वर्षको उमेरदेखि नै लिन सकिने बताइएको छ ।

यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैकास्योरेन्स सेवा लिएका बैङ्कहरुबाट समेत लिन सकिने छ । कम्पनीले चालु बर्षको मंसिरसम्म प्रथम बीमाशुल्क रकम ७६ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

हालसम्म कम्पनीले १० प्रकारको बीमालेख संचालनमा ल्याएको छ । हालसम्म कम्पनीले १० प्रकारको बीमालेख संचालनमा ल्याएको छ ।