ग्लोबल आइएमईको सधारण सभा सम्पन्न, १६ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । ग्लोबल आइएमईको सञ्चालक समितिले गरेको १६ प्रतिशत बोनस सेयरको प्रस्ताव वार्षिक साधारण सभाले पारित गरेको छ । बैङ्कको १२औँ वार्षिक साधारणले सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्ने छ ।

उक्त सभाले आर्थिक वर्ष २०७४/०७५ को वितरण योग्य मुनाफा तथा सञ्चित मुनाफा समेतबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

ग्लोबल आइएमईको हाल देशभर १ सय ३३ शाखा, १ सय ४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १ सय १६ शाखा रहित बैङ्किङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।