वोमी माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

संस्थाले हकप्रद सेयर निष्कासनका लागि नेपाल राष्ट्र बैङ्कबाट स्वीकृतिसमेत प्राप्त गरेको छ ।

काठमाडौं : वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाले हकप्रद सेयर निष्कासनका लागि नेपाल राष्ट्र बैङ्कबाट स्वीकृतिसमेत प्राप्त गरेको छ ।

केन्द्रीय बैङ्कबाट शाखा वृद्धिका लागि स्वीकृति पाएको र कारोबार विस्तारका लागि थप पुँजी आवश्यक पर्ने भएकाले सोहीअुनरुप हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सञ्चालक समितिले आगामी वार्षिक साधारणसभामा उक्त प्रस्ताव पेस गर्दै छ ।