सेन्ट्रल फाइनान्सको ७ प्रतिशत लाभांश

काठमाडौं : सेन्ट्रल फाइनान्स कम्पनीले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट कायम चुक्ता पुँजीको ७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको ७ प्रतिशतका दरले ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ नगद लाभांश दिने भएको हो ।
सञ्चालक समितिले गरेको लाभांश प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि तथा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति पाएपछि मात्र वितरण हुनेछ ।