हुलास स्टील इण्डष्ट्रिज लिमिटेडले स्टीलको क्षमता विस्तार गर्नका लागि विदेशबाट लगानी ल्याउने तयारी थालेको छ । यस्तै डाबर नेपाल प्रालि, सोलु हाइड्रोपावर, नौलो नेपाल हाइड्रो, ठकराल, डाङोटे सिमेन्टलगायत छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले वैदेशिक लगानी ल्याउन निवेदन दिएका ५४ कम्पनीलाई आवश्यक कागजात पेश गर्न भनेको छ । केन्द्रीय बैङ्कले आइतबार विदेशी लगानी ल्याउन निवेदन दिएका कम्पनीलाई पत्राचार गरी आवश्यक कागजात लिई एक महिनाभित्र सम्पर्क गर्न भनेको हो ।
३० दिनभित्र सम्पर्कमा आए पुनः नयाँ प्रक्रियाबाट कार्वाही सुरु हुने राष्ट्र बैङ्क विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङानाले बताए । ‘निवेदन दिएको लामो समयसम्म पनि सम्पर्कमा आएकाले हामीले समय दिएका हौं,’ उनले भने । जलविद्युत, सिमेन्ट, हाउजिङ, होटल र स्टीललगायत उद्योगमा लगानी थप्नका लागि विदेशी लगानी ल्याउनका लागि निवेदन दिएका हुन् । विदेशी लगानी भित्र्याउन लेखाङ्कनको काम बाँकी भएपछि केन्द्रीय बैङ्कले ३० दिनभित्र सम्पर्कमा आउन भनेको हो ।
हुलास स्टील इण्डष्ट्रिज लिमिटेडले स्टीलको क्षमता विस्तार गर्नका लागि विदेशबाट लगानी ल्याउने तयारी थालेको छ । यस्तै डाबर नेपाल प्रालि, सोलु हाइड्रोपावर, नौलो नेपाल हाइड्रो, ठकराल, डाङोटे सिमेन्टलगायत छन् ।
अधिकांश कम्पनीको स्रोत नखुलेको, सेयर संरचना नमिलेको, कागजपत्र अपुग भएको, स्वीकृतभन्दा बढी लेखाङ्कन माग गरिएको, ऐन बमोजिम कार्यक्षेत्र मिलाउनु पर्ने र घरजग्गा र हाउजिङ क्षेत्र भएकाले विद्यमान कानुनअनुसार लगानीको क्षेत्र मिलाउनु पर्ने राष्ट्र बैङ्कले जनाएको छ । निवेदन दिएकामध्ये अधिकांशको लगानी स्रोत नखुलेको देखिएको छ ।