मोरङ । आस्था नेपाल बहुउद्देश्य सहकारी संस्थाबाट अवैध हुण्डी कारोबार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले ६९ लाख ५७ हजार ६ सय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले विराटनगर महानगरपालिकाको सहकारीबाट विशेष सूचनाका आधारमा आइतबार अवैध हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कमा पक्राउ गरेको हो ।
प्रहरीले विराटनगरका ३२ वर्षीय राजेश हेडा, २५ वर्षीय सुमित साह र ४१ वर्षीय दिपक कुमार कर्णलाई प्रक्राउ गरेको जनाएको छ । जसमध्ये राजेश हेडा सोही सहकारीको अध्यक्षसमेत रहेको बताइएको छ भने उनको कार्यकक्षबाट ५९ लाख ७ हजार ६ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।