एनआईसी एसिया बैङ्ककाे शाखारहित बैङ्किङ सेवा उदयपुरको देउरीमा

उदयपुर । एनआईसी एसिया बैङ्कले उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको देउरीमा आपm्नो २३ औं शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले पुस २८ गतेबाट उक्त शाखारहित सेवा सञ्चालनमा ल्याएको हो ।

शाखारहित बैङ्किङ सेवाको समुद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धब थापाले गर्नु भयो । उक्त शाखारहित बैङ्किङ सेवाका प्रतिनिधिको रुपमा हरि श्रेष्ठलाई बैङ्कद्वारा नियुक्त गरिएको छ ।

शाखारहित बैङ्किङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैङ्किङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैङ्किङ कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य भएको बैङ्कले जनाएको छ ।

दुर्गम क्षेत्रहरुमा बैङ्किङ कारोबारको विकास हुने विश्वास बैङ्कले लिएको छ । यस्तो सेवाबाट स्थानीयले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने लगायतका सेवा प्राप्त गर्न पाउने छन् ।