बैङ्कका सञ्चालक देवकृष्ण काफ्ले र सञ्चालक विश्वेश्वर सुवेदी तथा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।
काठमाडौं । कामना सेवा विकास बैङ्कले टोखा नगरपालिकाको गोंगबुमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । कम्पनीले पुस २९ गतेदेखि आफ्नो ६३ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
बैङ्कका सञ्चालक देवकृष्ण काफ्ले र सञ्चालक विश्वेश्वर सुवेदी तथा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।
हाल बैङ्कले प्रदेश १ र २ का विभिन्न सहर तथा ग्रामीण इलाकामा गरी १९ ओटा र काठमाडौं उपत्यकामा थप ३ ओटा ठाउँमा गरी कुल २२ ओटा शाखाको निर्माण भइरहेको बताएको छ ।
बैङ्कले देशभर ६३ वटा शाखा कार्यलय तथा १७ वटा मार्फत गा्रहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।