कुल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैङ्कले जनाएको छ । बैङ्कले मङ्गलबार उक्त बिल जारी गर्नेछ ।
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले तीन अर्ब रूपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
कुल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैङ्कले जनाएको छ । बैङ्कले मङ्गलबार उक्त बिल जारी गर्नेछ । बैङ्कले यसअघि पुस २३ गते तीन अर्ब २५ करोड रूपैयाँबराबरको २८ दिने र एक अर्ब रूपैयाँबराबरको ९१ दिने ट्रेजरी बिल बिक्री गरेको थियो ।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन खर्च जुटाउन यस्तो बिल बिक्री गर्ने गरिन्छ । राष्ट्र बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई खरीद प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । रासस