शाखारहित बैङ्किङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैङ्किङ सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।
उदयपुर, चुहाडे । ग्लोबल आइएमई बैङ्कको नयाँ शाखारहित सेवा कार्यालय उदयपुरको चुहोडमा सञ्चालनमा आएको छ । कम्पनीले पुस २९ गते (आइतबार)देखि उदयपुरको त्रियुगा नगरपालिकाको चुहाडेमा ११७ औँ शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको हो ।
शाखारहित बैङ्किङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैङ्किङ सेवा लिन सक्ने कम्पनीले जनाएको छ । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्नेलगायतका काम गर्न सक्ने जनाइएको छ ।
ग्लोबल आइएमई बैङ्कले देशभर रहेका आफ्ना १ सय ३३ शाखा, १ सय ४२ एटीएम, ७ एक्सटेन्सन काउन्टर, १५ ओटा राजस्व सङ्कलन काउन्टर र १ सय १७ शाखारहित बैङ्किङ सेवाबाट सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।